Kathmandu Press

प्रधानमन्त्री देउवालाई संयुक्त राष्ट्रसंघको बधाई

काठमाडौं, असार ३१ : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई संयुक्त राष्ट्रसंघले बधाई तथा शुभकामना दिएको छ।राष्ट्रसंघको नेपाल कार्यालयकी निर्देशक सारा बिसोलो न्यान्तीले प्रधानमन्त्री देउवालाई बधाई...
प्रधानमन्त्री देउवालाई संयुक्त राष्ट्रसंघको बधाई

काठमाडौं, असार ३१ : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई संयुक्त राष्ट्रसंघले बधाई तथा शुभकामना दिएको छ।

राष्ट्रसंघको नेपाल कार्यालयकी निर्देशक सारा बिसोलो न्यान्तीले प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिएकी हुन्।

बधाई तथा शुभकामना सन्देश दिने क्रममा उनले कोरोना महामारी अल्पविकसित मुलुकबाट स्तरोन्नति र सन् २०३० मा दिगो विकास लक्ष्य हासिल गर्न नेपालसँग मिलेर काम गर्न राष्ट्रसंघ तयार रहेको उल्लेख गरेकी छन्।

प्रधानमन्त्री देउवालाई यसअघि बेलायत, अमेरिका, युरोपेली युनियनलगायत मुलुकले बधाई दिइसकेका छन्।

प्रकाशित मिति: १३:२४ बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्