Kathmandu Press

अमेरिकी राजदूतले भेटे प्रधानमन्त्री देउवालाई

प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी राजदूत र्‍यान्डी बेरीले बिहीबार भेट गरेका छन्।
अमेरिकी राजदूतले भेटे प्रधानमन्त्री देउवालाई

काठमाडौं, असार ३१ : प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी राजदूत र्‍यान्डी बेरीले बिहीबार भेट गरेका छन् ।

बूढानीलकण्ठस्थित निवासमा पुगेर बेरीले प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् । त्यसक्रममा आफ्नो कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध र साझेदारी नयाँ उचाइमा पुग्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेका थिए ।

प्रधानमन्त्री नियुक्त हुनासाथ राजदूत बेरीले देउवालाई सामाजिक सञ्जालमार्फत बधाइ दिएका थिए । बिहीबार भेटेरै बधाइ तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका हुन् ।
 

प्रकाशित मिति: १२:५६ बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्