Kathmandu Press

ट्रक त्रिशूलीमा खस्यो, दुईको मृत्यु, एक घाइते

चितवन, असार २० : त्रिशूलीमा नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

शुक्रबार बिहान मुग्लिनबाट काठ....

ट्रक त्रिशूलीमा खस्यो, दुईको मृत्यु, एक घाइते

चितवन, असार २० : त्रिशूलीमा नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

शुक्रबार बिहान मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेको हो। ट्रक त्रिशूलीमा खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा एक जना घाइते भएका छन्। घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

प्रहरीका अनुसार घाइते र मृतक दुवैको परिचय खुलेको छैन। अहिले नदी किनारबाट मृतकको शवलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ। थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: १०:५८ बजे, शुक्रबार, असार २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्