Kathmandu Press

भैंसी फार्ममा आगलागी, १३ भैंसी जलेर मरे

तनहुँ, असार २० : भैंसी फार्ममा अचानक आगलागी हुँदा १३ भैंसी र १५ खरायो जलेर मरेका छन्।

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ को टुडास्थित खु....

 भैंसी फार्ममा आगलागी, १३ भैंसी जलेर मरे

तनहुँ, असार २० : भैंसी फार्ममा अचानक आगलागी हुँदा १३ भैंसी र १५ खरायो जलेर मरेका छन्।

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ को टुडास्थित खुर्सानीबारीमा रहेको रामकली भण्डारीको भैँसी फार्ममा गए राति आगलागी भएको हो।  गोठमा राति अचानक आगलागी भएको भण्डारीले बताइन्। आगलागीबाट गोठमा रहेका १३ भैंसी जलेर मरेका छन्।

त्यस्तै, त्यही रहेका खरोयो पनि जलेका छन्। १५ खरायो जलेर मरेको उनले बताइन्।

आगलागीबाट पशु चौपायासँगै अन्य भौतिक संरचना पनि जलेर नष्ट भएका छन्। आगलागीबाट २२ लाखभन्दा बढीको क्षति भएको बेलचौतरा इलाका प्रहरी कार्यालयले जनाएको छ।

गए राति करिब साढे १० बजे आगलागी भएको हो। आगलागीमा तीनटा भैंसी जलेर घाइते भएका छन्। स्थानीय बासिन्दाले राति १ बजेमात्रै आगो नियन्त्रण गर्न सकेका थिए।

आगलागी कसरी भयो भन्ने खुलेको छैन।

प्रकाशित मिति: १०:३३ बजे, शुक्रबार, असार २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्