कोरोनाको खोप लगाउन बिहानैदेखि अस्पतालमा लाइन
काठमाडौं, असार ३१ : कोरोना भाइरसविरुद्धको खोप लगाउन आज बिहानैदेखि राजधानीका अस्पतालहरुमा लाइन लागेको छ।सरकारले यसअघि छुटेका अत्यावश्यक सेवामा कार्यरत व्यक्ति, शिक्षक, प्राध्यापक...
काठमाडौं, असार ३१ : कोरोना भाइरसविरुद्धको खोप लगाउन आज बिहानैदेखि राजधानीका अस्पतालहरुमा लाइन लागेको छ।
सरकारले यसअघि छुटेका अत्यावश्यक सेवामा कार्यरत व्यक्ति, शिक्षक, प्राध्यापक तथा ५५ वर्षभन्दा माथिका नागरिकलाई निश्चित अस्पतालमा खोप लगाउने व्यवस्था गरेको छ। असार २९ गतेदेखि शुरु भएको खोप अभियानको आज अन्तिम दिन हो।
त्यसैले बिहान ७ बजेदेखि नै अस्पतालमा लाइन लागेको छ। सरकारले बिहान १० बजेदेखि खोप लगाउने समय तोकेको छ। थापाथलीस्थत टेकु अस्पताल, बानेश्वरस्थित सिभिल अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भीड लागेको हो।
अहिले चीनबाट ल्याइएको भेरोसेल खोप लगाइँदै छ। सरकारले दुई करोड १७ लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखेको छ।
अहिलेसम्म २६ लाख २१ हजार चार सय ७६ जनाले पहिलो डोज लगाएका छन्। त्यस्तै, ११ लाख आठ हजार आठ सय ६८ जनाले दोस्रो डोज पनि लगाइसकेका छन्।


-1789640101-1789640288.jpg)








