आज कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै
काठमाडौं, असार ३१ : आज नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्ने लागेको छ।कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे पदाधिकारी बैठक...
काठमाडौं, असार ३१ : आज नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्ने लागेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे पदाधिकारी बैठक बोलाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। आगामी १४औं महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको उनले बताए।
पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा पार्टीको महाधिवेशनको तयारीको विषयमा छलफल हुने जनाएको छ। त्यस्तै, केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका तयारी गरिरहेकाले त्यस विषयमा पनि छलफल हुने जनाइएको छ।
यससँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ। कांग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक पदाधिकारी बैठक बस्न लागेको हो।
प्रकाशित मिति: ०६:४६ बजे, बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








