कोरोना उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, असार ३१ : प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवं प्रभावकारी बनाउन निर्देशन दिएका छन्।कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र...
काठमाडौं, असार ३१ : प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवं प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का गतिविधिबारे सम्बद्ध पदाधिकारीसँग जानकारी लिँदै उनले त्यस्तो निर्देशन दिएका हुन्। उनले कोरोना उपचार र नियन्त्रणमा जोड दिनुपर्ने बताए।
यसका लागि के गर्नुपर्छ त्यसबारे सीसीएमसीले योजना बनाउन पनि निर्देशन दिए। सीसीएमसीको योजनाका आधारमा आवश्यक निर्णय गर्न सरकार तयार रहेको उनको भनाइ थियो।
बैठकमा मन्त्रिपरिषद्का सदस्य तथा मुख्यसचिव शङ्करदास वैरागीलगायत उच्च अधिकारी उपस्थित रहेका थिए।
प्रकाशित मिति: ०६:३६ बजे, बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








