निगमले घटायो पेट्रोल र डिजलको मूल्य प्रतिलिटर एक रूपैयाँ

काठमाडौं, असार ३० : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ ।
पहिले कायम मूल्यबाट पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा एक रूपैयाँ घटाइएको नेपाल आयल निगमले जनाएको छ। नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं मूल्यवृद्धि विरुद्ध आन्दोलित छन् ।
आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मुल्य घटाइएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १२८ रूपैयाँ र डिजलको मूल्य १११ रूपैयाँ प्रतिलिटर कायम गरिएको निगमले जनाएको छ।
प्रकाशित मिति: २२:०४ बजे, बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








