प्रधानमन्त्री देउवाले सीसीएमसीसँग लिए कोभिड उपचार र रोकथामबारे जानकारी
काठमाडौं, असार ३० : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड १९ उपचार र रोकथामबारे जानकारी लिएका छन् ।आज सिंहदरबारमा कोभिड–१९ को उपचार, रोकथाम र...
काठमाडौं, असार ३० : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड १९ उपचार र रोकथामबारे जानकारी लिएका छन् ।
आज सिंहदरबारमा कोभिड–१९ को उपचार, रोकथाम र व्यवस्थापनका बारेमा हालसम्म भएका काम कारबाहिका विषयमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग जानकारी लिएका हुन् ।
जानकारी लिने क्रममा कोभिडको संक्रमण जारी नै रहेको भन्दै प्रधानमन्त्री देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन् ।
प्रकाशित मिति: २०:४४ बजे, बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








