देउवा सरकारलाई विश्वासको मत दिने तर सरकारमा नजाने जनमोर्चाको निर्णय
काठमाडौं, असार ३० : कांग्रेस–माओवादी गठबन्धनमा सहभागी दल राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको छ ।बुधबार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय कमिटी बैठकले सरकारमा...
काठमाडौं, असार ३० : कांग्रेस–माओवादी गठबन्धनमा सहभागी दल राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको छ ।
बुधबार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको हो । ‘हाम्रो पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ,’ जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, तर बाहिरैबाट देउवा सरकारलाई हाम्रो समर्थन रहनेछ ।’
प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाको एक सिट छ । एकमात्र सांसद दुर्गा पौडेलले काँग्रेस माओवादी जसपा गठबन्धनमा साथ दिँदै आएकी थिइन् । उनलाई सरकारमा सहभागी हुने गठबन्धनका नेताहरुले आग्रह गरेका थिए । तर, पार्टीले सरकारमा नगई बाहिरैबाट समर्थन गर्ने निर्णय गरेको छ ।
ओलीको प्रतिगमन परास्त भइसकेपछि गठन भएको शेरबहादुर देउवा नेतृत्वको समर्थन गर्ने संसदबाट लिने विश्वासको मतको पक्षमा समेत मतदान गर्ने तर सरकारमा सहभागी भने नहुने उक्त पार्टीको निर्णय छ ।


-1789640101-1789640288.jpg)








