Kathmandu Press

सरकारले ज्येष्ठ नागरिकको नि:शुल्क तथा सहुलियतमा उपचार गर्ने 

काठमाडौं, असार ३० : सरकारले देशभरका ४९ वटा अस्पतालबाट ६० वर्षमाथिका नागरिकको निशुल्क तथा सहुलियतमा स्वास्थ्य उपचार सेवा दिने भएको छ ।स्वास्थ्य तथा...
सरकारले ज्येष्ठ नागरिकको नि:शुल्क तथा सहुलियतमा उपचार गर्ने 

काठमाडौं, असार ३० : सरकारले देशभरका ४९ वटा अस्पतालबाट ६० वर्षमाथिका नागरिकको निशुल्क तथा सहुलियतमा स्वास्थ्य उपचार सेवा दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थिक वर्ष २०७८-७९ का लागि जेरियाट्रिक स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन जारी गर्दै ४९ अस्पतालबाट निशुल्क तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको हो । यसअघि सरकारले २४ वटा अस्पतालबाट ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा प्रदान गर्दै आएकोमा २५ अस्पतालमा यो सेवा थप गर्न लागेको हो ।

जेरियाट्रिकमैत्री स्वास्थ्य सेवा थप गरिनेमा प्रदेश १ मा इलाम, संखुवासभा र सुनसरीमा गरी ३ वटा, प्रदेश २ को बारा, सिराहा, सर्लाही र महोत्तरीमा गरी ४ वटा, वाग्मती प्रदेशमा भक्तपुर, धादिङ, नुवाकोट, काठमाडौं र काभ्रेमा गरी ५ वटा, गण्डकी प्रदेशका गोरखा र म्याग्दीमा २ वटा, लुम्बिनीका नवलपरासी, बर्दिया, प्युठान,पाल्पा, रोल्पा र दाङमा गरी ६ वटा, कर्णली प्रदेशको जाजरकोट र सुर्खेतमा गरी २ वटा र सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, दार्चुला र कैलालीमा गरी ३ वटा अस्पताल छन् ।

प्रकाशित मिति: १९:२० बजे, बुधबार, असार ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्