Kathmandu Press

प्रधानमन्त्री देउवा र नेता नेपालबीच भेटवार्ता

काठमाडौं, असार ३० : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा एमाले वरिष्ठ नेता आज (बुधबार) माधवकुमार नेपाललाई भेट्न काेटेश्वर पुगेका छन्।नेता नेपालले निवासमै आमन्त्रण...
प्रधानमन्त्री देउवा र नेता नेपालबीच भेटवार्ता

काठमाडौं, असार ३० : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा एमाले वरिष्ठ नेता आज (बुधबार) माधवकुमार नेपाललाई भेट्न काेटेश्वर पुगेका छन्।

नेता नेपालले निवासमै आमन्त्रण गरेपछि देउवा उनलाई भेट्न गएको कांग्रेस स्रोतले बताएको छ। उनीहरुबीच भेटवार्ता जारी छ।

सर्वोच्चको फैसलाअघि विपक्षी गठबन्धनमा नेपाल समूह पनि थियो। तर फैसलालगत्तै नेता नेपालले आफ्नो समूह गठबन्धनबाट बाहिरिएको बताएका थिए।

उनीहरूबीच सर्वोच्चको फैसलापछि सिर्जित नयाँ राजनीतिक परिस्थितिबारे छलफल भइरहेकाे बताइएको छ। 

देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि नेपाल समूहका २३ सांसदको समर्थन थियो।  

हिजो (मंगलबार) शीतल निवासमा देउवाले प्रधानमन्त्रीको शपथ ग्रहण गर्दा नेता नेपाल सहभागी भएर उनलाई बधाई दिएका थिए।

प्रकाशित मिति: १७:३९ बजे, बुधबार, असार ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्