एमाले अवरोधबीच गण्डकीको बजेट पारित

पोखरा, असार ३० : गण्डकी प्रदेशसभामा एमालेको अवरोधबीच बजेट पारित भएको छ।
सांसदहरू उठेर विरोध जनाएपछि सभामुख नेत्रनाथ अधिकारीले बजेट पारितको अन्तिम समयमा बैठक सुचारुका लागि सहयोग गर्न भने पनि उनीहरुले रोष्टम घेराउ गर्दै नाराबाजी गरेपछि उनले केहीबेर सभासमेत स्थगित गरे ।
अर्थमन्त्रीको पनि जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विरोधकै बीच बजेट प्रस्तुत गरे।
मुख्यमन्त्री पोखरेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटमा बहुवर्षीय योजनाहरूलाई निरन्तरता नदिएको, अघिल्लो सरकारले स्रोत सुनिश्चित गरेर अगाडि बढाएका योजना काटिएको भन्दै एमाले सांसदले टेबल उठाएर बजेटमाथिको छलफलमा अवरोध गरेका थिए।
प्रकाशित मिति: १७:३४ बजे, बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








