देउवाले बोलाए पार्टी पदाधिकारी बैठक
काठमाडौं, असार ३० : प्रधानमन्त्री एवं नेपाल कांग्रेसका सभापित शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।बिहीबार दिउँसो २ बजे बोलाइएको बैठकमा सरकारका...
काठमाडौं, असार ३० : प्रधानमन्त्री एवं नेपाल कांग्रेसका सभापित शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।
बिहीबार दिउँसो २ बजे बोलाइएको बैठकमा सरकारका प्राथमिकता, मन्त्रिमण्डल विस्तार र पार्टीको १४औं महाधिवेशनबारे छलफल हुने बताइएको छ।
कांग्रेस क्रियाशील सदस्यताको छानबिन असार २० गते सक्ने समयसीमा तोकिएको थियो। तर समितिले अझै काम पूरा गर्न सकेको छैन।
छानबिन समितिले टुंग्याएको क्रियाशील सदस्यता असार मसान्तसम्ममा सभापति देउवाबाट प्रमाणित गर्ने कार्यतालिका थियो। यसै विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंंका हुँदैछ।
प्रकाशित मिति: १७:०९ बजे, बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








