चारै मन्त्रीले गरे पदबहाली
काठमाडौं, असार ३० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएलगत्तै नियुक्त चार मन्त्रीले पदबहाली गरेका छन्।सरकारको प्रवक्तासमेत बनेका कानुन न्याय...
काठमाडौं, असार ३० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएलगत्तै नियुक्त चार मन्त्रीले पदबहाली गरेका छन्।
सरकारको प्रवक्तासमेत बनेका कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार नै पदभार ग्रहण गरेका थिए भने गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसालले आज (बुधबार) सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गरेका हुन्।
देउवा नेतृत्वको सरकार पहिलो चरणमा पाँच सदस्यीय बनेको छ। जसमा कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुई–दुईजना मन्त्री बनेका हुन्। केही दिनमै मन्त्रिीाण्डल पुनर्गठन गर्ने तयारी भइरहेको स्रोतले जनाएके छ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थावना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। सोहीबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्र िनियुक्त गरेकी थिइन्।
चारैजना मन्त्रीले मंगलबार राति शपथ लिएका थिए।


-1789640101-1789640288.jpg)








