जाँदाजाँदै ओलीले बढाए २८ प्रतिशतसम्म गाडी भाडा
सूचनामा उल्लेख भएअनुसार मालवाहक सवारीतर्फ पहाडी बाटोमा २० र तराईको बाटोमा २६ प्रतिशत भाडा वृद्धि गरिएको हो।
काठमाडौं, असार ३० : एमाले अध्यक्ष केपी ओली नेतृत्वको तत्कालीन सरकारकाले यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा २० देखि २८ प्रतिशतसम्म वृद्धि गरेको पाइएको छ।
मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति प्राप्त भएबमोजिम भाडादर वृद्धि गरिएको यातायात व्यवस्था विभाग जानकारी दिएको छ। भाडा समायोजन सम्बन्धमा असार २७ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।
सरकारबाट बिदा हुँदे गर्दा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले यातायात व्यवस्था विभागलाई भाडावृद्धिको स्वीकृति प्रदान गरेका थिए।
यातायातद व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले आज (बुधबार) सूचना निकालेर यात्रुवाहक सवारीसाधनको भाडा २८ प्रतिशत र मालवाहक सवारी साधनको भाडा २० देखि २६ प्रतिशत वृद्धि भएको जानकारी दिएका हुन्।
सूचनामा उल्लेख भएअनुसार मालवाहक सवारीतर्फ पहाडी बाटोमा २० र तराईको बाटोमा २६ प्रतिशत भाडा वृद्धि गरिएको हो।
हेर्नुहोस् सूचना



-1789640101-1789640288.jpg)








