आयोगद्वारा निर्वाचन तालिका रद्द
काठमाडौं, असार ३० : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन तालिका रद्द गरेको छ। सर्वोच्च अदालतले सोमबार गरेको फैसलाअनुसार निर्वाचन कार्यतालिका रद्द गरिएको निर्वाचन...
काठमाडौं, असार ३० : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन तालिका रद्द गरेको छ। सर्वोच्च अदालतले सोमबार गरेको फैसलाअनुसार निर्वाचन कार्यतालिका रद्द गरिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा आज (बुधबार) जारी विज्ञप्तिमा उल्लेख छ, ‘सम्मानित सर्वोच्च अदालतबाट मिति असार २८ मा भएको आदेश बमोजिम कात्तिक २६ गते शुक्रबारका दिन पहिलो चरणमा र मंसिर ३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ का लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय भएको छ ।’
तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको सफिरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर उक्त मितिमा चुनावको मिति घोषणा गरेपछि आयोगले कार्यतालिका सार्वजनिक गरेको थियो।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। प्रतिनिधिसभा पुनःस्थापना भई नयाँ सरकार पनि बनिसेको स्थितिमा घोषित निर्वाचन तालिका निष्प्रभावी बन्न पुगेको थियो।


-1789640101-1789640288.jpg)








