Kathmandu Press

अलमुताइरीले बन्द प्रशिक्षणबाट छाने ३६ खेलाडी

काठमाडौं, असार ३० : प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टिमका लागि दोस्रो चरणमा ३६ खेलाडी छनोट गरेका छन्। बन्द प्रशिक्षणमा रहेका ५० खेलाडीबाट अलमुताइरीले बुधबार...
अलमुताइरीले बन्द प्रशिक्षणबाट छाने ३६ खेलाडी

काठमाडौं, असार ३० : प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टिमका लागि दोस्रो चरणमा ३६ खेलाडी छनोट गरेका छन्। बन्द प्रशिक्षणमा रहेका ५० खेलाडीबाट अलमुताइरीले बुधबार ३६ खेलाडी छनोट गरेका छन्।

प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिप र एसियन कप छनोटअन्तर्गत फाइनल चरणको छनोटका लागि ५० खेलाडीलाई प्रशिक्षणमा बोलाएका थिए। सोहीबाट १४ खेलाडीलाई बाहिर राख्दै अलमुताइरीले ३६ खेलाडी छनोट गरेका हुन्।

दोस्रो चरणमा छनोट भएका ३६ खेलाडीमा किरणकुमार लिम्बु, अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, आशिष लामा, अभिषेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट र एरिक विष्ट छन्। यस्तै, आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापाले पनि टिममा स्थान बनाएका छन्।

यस्तै, मनिष डाँगी,  नवयुग श्रेष्ठ, नितिन थापा, प्रकाश बुढाथोकी, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिब लोप्चन, रन्दिप पौडेल, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल,सुरज ज्यु ठकुरी, तेज तामाङ र त्रिदेभ गुरुङ ३६ सदस्यीय टिममा स्थान बनाएका छन्।

यसैगरी विश्वको तेस्रो चरणको छनोटको टिममा रहेका गोलकिपर विशाल सुनार यो पटक पहिलो चरणबाटै बाहिरिएका छन्। यस्तै, ३६ सदस्यीय टिममा नपरेका अन्य खेलाडीमा अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, गौरव बुढाथोकी, डोना थापा, प्रिजेन तामाङ, रबि पासवान, मिक्छेन तामाङ, निरज बस्नेत, निशान खड्का, सेसेहाङ आङदेम्बे, शिशिर लेखी र सुदिल राई छन्।

प्रकाशित मिति: १५:३० बजे, बुधबार, असार ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्