Kathmandu Press

आत्मालोचना गरे पनि माधव नेपाललाई पार्टीमा ठाउँ छैन : ओली

काठमाडौं, आसार ३० : निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली बालुवाटार बिदा भएर भक्तपुरको बालकोटस्थित निजी निवासमा पुगेका छन्।निजी निवासमा कार्यकर्तालाई सम्बोधन...
आत्मालोचना गरे पनि माधव नेपाललाई पार्टीमा ठाउँ छैन : ओली

काठमाडौं, आसार ३० : निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली बालुवाटार बिदा भएर भक्तपुरको बालकोटस्थित निजी निवासमा पुगेका छन्।

निजी निवासमा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा उनले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कडा आलोचना गरेका छन्। नेता नेपालले गल्तीकमजोरी महसुस गरे पनि पार्टीमा स्विकार्ने ठाउँ नरहेको बताए। 

‘आत्मालोचना गरे पनि माधव नेपाललाई पार्टीमा ठाउँ छैन,’ उनले भने। तर नेता नेपालका पछाडि लाग्ने केही व्यक्तिले कमीकमीजोरी महसुस गरेर आए पार्टीमा ठाउँ दिने अध्यक्ष ओलीको भनाइ छ।

उनले नेपाल नेपाललाई लाजसरम हराएका र विश्वासघाती व्यक्ति भन्दै अशोभनीय निन्दा पनि गरेका छन्। उन नेपाललाई भनेर चित्रण गरेका छन्। 

अध्यक्ष ओलीले नेता नेपालले आफ्नो पार्टीको नेतृत्वमा रहेको विकासप्रेमी सरकार ढाल्ने कार्य गरेको आरोप लगाए। मंगलबार आयोजित शपथ ग्रहण कार्यक्रमम नेता नेपाल नवनियुक्त प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाभन्दा अगाडि पुगेको भन्दै उनले आक्रोश पोखेका थिए।। 

अध्यक्ष ओलीले कार्यकर्तालाई सम्बोधन गरिरहँदा कार्यकर्ताहरू नेता नेपालविरुद्ध नाराबाजी गरेका थिए।

प्रकाशित मिति: १४:३६ बजे, बुधबार, असार ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्