Kathmandu Press

भारतीय राजदूत क्वात्राले नवनियुक्त प्रधानमन्त्री देउवालाई भेटेरै दिए बधाई

काठमाडौं, असार ३० : नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नवनियुक्त प्रधानमन्त्री एव्र नेपाली कांग्रेसका सभातति शेरबहादुर देउवालाई आज (बुधबार) भेटेरै बधाई दिएका...
भारतीय राजदूत क्वात्राले नवनियुक्त प्रधानमन्त्री देउवालाई भेटेरै दिए बधाई

काठमाडौं, असार ३० : नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नवनियुक्त प्रधानमन्त्री एव्र नेपाली कांग्रेसका सभातति शेरबहादुर देउवालाई आज (बुधबार) भेटेरै बधाई दिएका छन्।

प्रधानमन्त्री देउवालाई बधाई दिन बूढानीलकण्ठस्थित उनकै निवासमा राजदूत क्वात्रा पुगेका थिए। नेपालस्थित भारतीय दूतावासले देउवालाई बधाई दिएको बारे जानकारी दिएको छ।

भारतीय दूतावासले ट्विट गर्दै दूतावासले नेपाल र भारत बिचको साझेदारी र जनता जनताबीचको सम्बन्धलाई थप सुदृढ गर्न देउवा सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएको छ।

प्रधानमन्त्री देउवालाई मंगलबार राति नै अमेरिकी राजदूत र्‍यान्डी बेरीले शुभकामना दिएका थिए।

प्रकाशित मिति: १३:४८ बजे, बुधबार, असार ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्