विशेष अदालतमा उपस्थित भए गच्छदार
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो।
काठमाडौं, असार ३० : ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा उपस्थित भएका छन्। ‘
'फरार रहेको भनिएका' गच्छदार आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएसँगै बुधबार अदालतमा उपस्थित भएका हुन्।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो।
जग्गा हिनामिना प्रकरणमा मुछिएका गच्छदार एक वर्षदेखि विशेष अदालतको फरार सूचीमा रहेका थिए। अदालतले उपस्थित हुन पटक–पटक दिएको आदेश दिएको थियो।
विशेष अदालतले गच्छदारलाई बयान लिएर मुद्दा प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ। गच्छदारलाई तत्कालीन भौतिक निर्माणमन्त्रीका हैसियतमा मुद्दा चलाइएको हो।

-1789640101-1789640288.jpg)