Kathmandu Press

पाँच विद्यार्थी संगठनद्वारा पेट्रोल पम्प र ढुवानी बन्द गर्दै धर्नामा 

काठमाडौं, असार ३० : आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले मूल्यवृद्धिको विरोधमा पेट्रोल पम्पहरु बन्द गरेका छन्। बुधबार बिहानेदखि उनीहरुले पम्पहरु पेट्रोलियम पदार्थ विरतणमा अबरोध गरेका...
पाँच विद्यार्थी संगठनद्वारा पेट्रोल पम्प र ढुवानी बन्द गर्दै धर्नामा 

काठमाडौं, असार ३० : आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले मूल्यवृद्धिको विरोधमा पेट्रोल पम्पहरु बन्द गरेका छन्। बुधबार बिहानेदखि उनीहरुले पम्पहरु पेट्रोलियम पदार्थ विरतणमा अबरोध गरेका छन्। त्यस्तै ट्यान्करहरु पनि चल्न दिएका छैनन् ।

आन्दोलित हुने विद्यार्थी संगठनहरुमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव पक्ष, जसपा उपेन्द्र पक्ष र जनमोर्चासम्वद्ध छन्।

उनीहरुले मंगलबार पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसन र ढुवानी व्यवसायी महासंघलाई ध्यानाकर्षण पत्र बुझाउँदै पेट्रोल पम्प र ढुवानीमा प्रयोग हुने ट्यांकर बन्द गर्ने बताएका थिए । 

अनेरास्ववियु क्रान्तिकारीका संयोजक रन्तिज तामाङका अनुसार काठमाडौं वितरण केन्द्र थानकोटको मुलगेटमा धार्न दिइएको छ। 

उनीहरुले नेपाल आयल निगमका विक्री केन्द्रहरु बन्द गर्ने घोषणा गरेका छन्। धनगढी, दिपायल, नेपालगन्ज, सुर्खेत, तुलसीपुर, पोखरा, बुटवल, अम्लेखगन्ज, जनकपुर, विराटनगर, झापा, विरगन्ज विक्री केन्द्रहरु बन्द गर्ने उनीहरुले घोषणा गरेका छन्।

 

प्रकाशित मिति: ११:५२ बजे, बुधबार, असार ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्