Kathmandu Press

जोन्सन एन्ड जोन्सन खोप काठमाडौंमा साउन ४ बाट लगाइने

काठमाडौं, असार ३० : अमेरिकी सरकारले सहयोग गरेको जोन्सन एन्ड जोन्सन खोप काठमाडौं साउन ४ गतेबाट लगाइने भएको छ।कोरोनाभाइरसविरुद्धको यो खोप एक डोज...
जोन्सन एन्ड जोन्सन खोप काठमाडौंमा साउन ४ बाट लगाइने

काठमाडौं, असार ३० : अमेरिकी सरकारले सहयोग गरेको जोन्सन एन्ड जोन्सन खोप काठमाडौं साउन ४ गतेबाट लगाइने भएको छ।

कोरोनाभाइरसविरुद्धको यो खोप एक डोज लगाए पुग्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० देखि ५४ वर्षसम्मका नागरिकलाई यो खोप लगाउने भएको हो।

अमेरिकाले सोमबार जोन्सन एन्ड जोन्सन खोप १५ लाख ३४ हजार आठ सय ५० डोज दिएको थियो। यो पहिलो चरणमा काठमाडौंमा लगाउन लागिएको जनाइएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा मंगलबार बसेको बैठकले ४४ वटा खोप केन्द्र तय गरेको छ। ति खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म खोप लगाउने निर्णय गरेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार जोन्सन एन्ड जोन्सनको खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरू, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई पनि लगाइने भएको छ।

 

प्रकाशित मिति: ०७:१८ बजे, बुधबार, असार ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्