Kathmandu Press

निवर्तमान प्रधानमन्त्री ओलीले आज बालुवाटार छाड्ने

काठमाडाैं, असार ३० : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छाड्न लागेका छन्।उनी आज प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोट...
निवर्तमान प्रधानमन्त्री ओलीले आज बालुवाटार छाड्ने

काठमाडाैं, असार ३० : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छाड्न लागेका छन्।

उनी आज प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोट सर्न लागेका हुन्। आज बिहान ११ बजे बालुटारबाट बालकोट जाने भएका छन्।

निवर्तमान प्रधानमन्त्री ओली बालुवाटार छाड्दा एमाले नेता महेश बस्नेतको नेतृत्वमा कार्यकर्ताको जुलुस निस्कने भएको छ। कार्यकर्ताको जुलुसले बालुवाटारबाट बालकोटसम्म स्कर्टि गर्ने जनाइएको छ।

यसका लागि बिहान ११ बजे बालुवाटारमा भेला हुने बस्नेतले कार्यकर्तालाई आह्वान गरेका छन्। ओली पक्षका अन्य नेता कार्यकर्ताले पनि सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन्।

सर्वोच्च अदालतले प्रनिधिसिभा पुनःस्थापना गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका छन्। उनले मंगलबार पदभार पनि ग्रहण गरिसकेका छन्।

नयाँ प्रधानमन्त्री आएपछि ओलीले बालुवाटार छाड्न लागेका हुन्।

 

प्रकाशित मिति: ०७:०२ बजे, बुधबार, असार ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्