यस्तो छ, युरोकपको टिम अफ द टुर्नामन्ट
काठमाडौं, असार २९ : युईएफएले युरोकप २०२० को ‘टिम अफ द टुर्नामन्ट’ सार्वजनिक गरेको छ।युईएफएले मंगलबार प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा ‘टिम अफ द...
काठमाडौं, असार २९ : युईएफएले युरोकप २०२० को ‘टिम अफ द टुर्नामन्ट’ सार्वजनिक गरेको छ।
युईएफएले मंगलबार प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा ‘टिम अफ द टुर्नामन्ट’ सार्वजनिक गरेको हो । ‘टिम अफ द टुर्नामेन्ट’मा च्याम्पियन इटालीका सर्वाधिक ५ खेलाडी परेका छन् भने इंग्ल्यान्डका ३ र डेनमार्क, स्पेन र बेल्जियमका १ खेलाडीले टिममा स्थान बनाएका छन् ।
‘टिम अफ द टुर्नामेन्ट’को गोलकिपरमा इटालीका जियानलुइजी डोनारुमा छन् भने डिफेन्समा इंग्ल्यान्डका केल वाकर र ह्यारी मग्रवायर, इटालीका लियोनार्दो बोनुची र लिएन्ड्रो स्पिनाजोला छन् ।
यस्तै, मिडफिल्डमा डेनमार्कका पिर्रे इमिले होजावर्ग र इटालीका जर्जिन्हो र स्पेनका पेड्री छन्। स्ट्राइकरका रुपमा इटालिका फेडेरिको किएजा, रहिम स्टर्लिङ र बेल्जियमका रोमेलु लुकाकु छन्।
प्रकाशित मिति: २१:४९ बजे, मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











