Kathmandu Press

प्रधानमन्त्री देउवाले गरे कार्यभार ग्रहण, पहिलो निर्णय- सबै नागरिकलाई नि:शुल्क कोभिड खोप (तस्बिरहरू)

प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ ग्रहणपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका छन् ।
प्रधानमन्त्री देउवाले गरे कार्यभार ग्रहण, पहिलो निर्णय- सबै नागरिकलाई नि:शुल्क कोभिड खोप (तस्बिरहरू)

काठमाडौं, असार २९ : प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ ग्रहणपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका छन् ।

उनले पदभार ग्रहण गरेलगत्तै कोभिड-१९ विरुद्ध सबै नागरिकलाई खोप उपलब्ध गराउनेसम्बन्धी पहिलो निर्णय गरेका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासको परमादेशअनुसार संविधानको धारा ७६ (५) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । मंगलबार नै राष्ट्रपति भण्डारीले देउवालाई पद तथा गोपनीयताको सपथ दिलाएकी थिइन् ।

नवनियुक्त मन्त्रीहरूले पनि मंगलबार राति नै सिंहदरबार पुगेर पदभार ग्रहण गरेका छन् ।


 

प्रकाशित मिति: २१:४४ बजे, मंगलबार, असार २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्