Kathmandu Press

शपथपछि देउवालाई एमाले वरिष्ठ नेता नेपालको पहिलो बधाई 

काठमाडौं, असार २९ : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको पद तथा शपथ लिएपछि पहिलो बधाई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बधाई दिएका छन्...
शपथपछि देउवालाई एमाले वरिष्ठ नेता नेपालको पहिलो बधाई 

काठमाडौं, असार २९ : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको पद तथा शपथ लिएपछि पहिलो बधाई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बधाई दिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ समारोह सकिएपछि नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिने क्रममा सबैभन्दा पहिला नेपालले बधाई दिएका हुन् । प्रधानमन्त्री देउवालाई सामाजिक दुरी कायम गरेर बधाइ दिन भनिएपनि नेपालले हात मिलाएर बधाई दिएका हुन् ।

त्यसपछि क्रमश नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता तथा सांसदहरुले बधाई दिएका थिए ।

यसअघि प्रतिनिधिसभा बिघटनपछि सर्वोच्च अदालतमा पेश गरिएको रिटमा नेपाल सहित उक्त समूहका सांसदहरुले समेत देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । 

प्रकाशित मिति: २१:१९ बजे, मंगलबार, असार २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्