ओली सरकारको सास्तीबाट निराश जनतालाई आशा र भरोसा दिलाउनु छ : थापा
काठमाडौं, असार २९ : नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य गगन थापाले बिभिन्न चुनौतीलाई अवसरमा बदलेर जिम्मेवारी पूरा गर्नका लागि सुझाव दिदैं नवनियुक्त...
काठमाडौं, असार २९ : नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य गगन थापाले बिभिन्न चुनौतीलाई अवसरमा बदलेर जिम्मेवारी पूरा गर्नका लागि सुझाव दिदैं नवनियुक्त प्रधामन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
थापाले ट्वीट गर्दै ओली सरकारको सास्तीबाट निराश जनतालाई आशा र भरोसा दिलाउनुपर्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘एकातर्फ संविधान कार्यान्वयन गर्ने जिम्मेवारी छ,अर्कोतर्फ ओली सरकारको अकर्मण्यताले महामारी लगायतका समस्यामा भोग्नु परेको सास्तीबाट निराश जनतालाई आशा र भरोसा दिलाउनु छ। हामीलाई चुक्ने सुविधा छैन, यो चुनौतीलाई अवसरमा बदलेर जिम्मेवारी पूरा गर्नुहुनेछ। हार्दिक शुभकामना ’
प्रकाशित मिति: २१:०३ बजे, मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








