Kathmandu Press

पत्र मात्र हैन्, प्रवृत्ति पनि सच्याउनुपर्छ : प्रबक्ता शर्मा 

काठमाडौ, असार २९ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको पत्र मात्र नभई प्रवृत्ति पनि सच्याउनुपर्ने जनाएका छन् । शर्माले सामाजिक...
पत्र मात्र हैन्, प्रवृत्ति पनि सच्याउनुपर्छ : प्रबक्ता शर्मा 

काठमाडौ, असार २९ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको पत्र मात्र नभई प्रवृत्ति पनि सच्याउनुपर्ने जनाएका छन् । 

शर्माले सामाजिक सञ्जाल ट्वीट गर्दै लेखेका छन्, ‘अब थोरै सच्चिएरै सहकार्य गरौं सम्माननिय रास्ट्रपतिज्यु । पत्र सच्चिनेको कुरा मात्रै होइन प्रवृत्ति सच्चिने प्रधान कुरा हो ।’

उनले सर्वोच्चको फैसला सरकार बदल्न मात्र नभई संरक्षकलाई बदलिनसमेत आदेश दिएको उल्लेख गर्दै  ‘सर्वोच्च फैसलाले सरकार बदल्न मात्र होइन, यहाँ संरक्षकलाई बदलिनसमेत आदेश दिएको बिषयलाई विनम्रसँग आत्मसात गरौं’ भनेका छन् । 

प्रकाशित मिति: १९:२९ बजे, मंगलबार, असार २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्