Kathmandu Press

नवनियुक्त प्रधानमन्त्री देउवासहितका नेता शीतल निवासमा, विज्ञप्ति सच्याउन आग्रह

नेताहरूले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयको विज्ञप्ति सच्याउन आग्रह गरेका छन् । स्रोतका अनुसार विज्ञप्ति सच्याउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरिएको छ ।
नवनियुक्त प्रधानमन्त्री देउवासहितका नेता शीतल निवासमा, विज्ञप्ति सच्याउन आग्रह

काठमाडौं, असार २९ : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका नेताहरू राष्ट्रपति कार्यालय पुगेका छन् ।

देउवासहित पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायत नेता सपथ ग्रहण समारोहमा भाग लिन शीतल निवास पुगेका हुन् ।

उनीहरूले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयको विज्ञप्ति सच्याउन आग्रह गरेका छन् । स्रोतका अनुसार विज्ञप्ति सच्याउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरिएको छ ।

राष्ट्रपति कार्यालयले अपराह्न ४ बजे जारी गरेको विज्ञप्तिमा संविधानको धारा ७६ (५) उल्लेख नगरी सर्वोच्च अदालतको परमादेशअनुसार नियुक्त गरिएको बेहोरा उल्लेख छ । उक्त विज्ञप्तिको चौतर्फी आलोचना भइरहेको छ ।

देउवा, प्रचण्ड र नेपालसहितका नेताहरूले विज्ञप्ति सच्याउन आग्रह गरेका हुन् ।
 

प्रकाशित मिति: १९:०८ बजे, मंगलबार, असार २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्