जापानले एस्ट्राजेनेकाको १६ लाख मात्रा खोप नेपाललाई दिने
काठमाडौं, असार २९ : जापानले नेपाललाई आफ्नैं देशमा उत्पादन भएको १६ लाख डोज अष्ट्राजेनेका खोप दिने भएको छ। उक्त खोप केही साताभित्र नेपाल आउने...
काठमाडौं, असार २९ : जापानले नेपाललाई आफ्नैं देशमा उत्पादन भएको १६ लाख डोज अष्ट्राजेनेका खोप दिने भएको छ।
उक्त खोप केही साताभित्र नेपाल आउने काठमाडौंस्थित जापानी राजदूतावासले जानकारी दिएको छ । जापानले उक्त खोप कोभ्याक्समार्फत् दिन लागेको हो।
नेपालका लागि जापानका राजदूत किकुता युताका जापानले दिन लागेको खोपले नेपाल–जापान लामो सम्बन्धलाई दर्शाउने बताएका छन्।
जापानले दिएको खोपले यसअघि भारतमा उत्पादित कोभिसिल्ड खोपको पहिलो डोज लगाएका वृद्धवृद्धालाई दोस्रो डोज लगाउन पुग्ने अनुमान गरिएको छ।
प्रकाशित मिति: १५:२८ बजे, मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








