सरकारमा सहभागी हुनेबारे निर्णय गर्न जसपा यादव समूहको कार्यकारिणी बैठक जारी
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनेबारे निर्णय गर्न जसपाको उपेन्द्र यादव समूहको केन्द्रीय कार्यकारिणी समिति बैठक ललितपुर बालकुमारीमा जारी छ।
काठमाडौं, असार २९ : कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनेबारे निर्णय गर्न जसपाको उपेन्द्र यादव समूहको केन्द्रीय कार्यकारिणी समिति बैठक ललितपुर बालकुमारीमा जारी छ ।
बैठकमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत नेता सहभागी छन् ।
पार्टी कार्यालयका अनुसार काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यकारिणी समिति सदस्यहरू बैठकमा सहभागी छन् ।
जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्ष भने बैठकमा सहभागी छैन ।
प्रकाशित मिति: १४:२० बजे, मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








