प्रचण्ड र देउवाबीच सिंहदरबारमा भेटवार्ता
देउवा र प्रचण्डबीच सरकारमा सहभागी हुने दल, उनीहरुले पाउने मन्त्रालय लगायतका विषय टुंगो लागेपछि आफ्नो पार्टीबाट मन्त्रीको नाम तय गर्ने तयारी छ ।
काठमाडौं, असार २९ : कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सिंहदरबार भेटवार्ता भएको छ । सरकारमा सहभागी हुने मन्त्रीहरुका विषयमा देउवा र प्रचण्डी छलफल भएको बताइएको छ ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठकले देउवासँग छलफल गरेर मात्रै पार्टीको तर्फबाट सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेपछि प्रचण्ड देउवालाई भेट्न सिंह दरबार पुगेका थिए । देउवालई भेटेर प्रचण्ड सिंहदरबारबाट बाहिरिसकेका छन्।
देउवा र प्रचण्डबीच सरकारमा सहभागी हुने दल, उनीहरुले पाउने मन्त्रालय लगायतका विषय टुंगो लागेपछि आफ्नो पार्टीबाट मन्त्रीको नाम तय गर्ने तयारी छ ।
शेरबहादुर देउवाले आज शपथ ग्रहणसँगै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका छन् ।
प्रकाशित मिति: १३:५४ बजे, मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








