Kathmandu Press

महान्यायधिवक्ता बडालले दिए राजीनामा

काठमाडौं, असार २९ : सरकारका कानूनी सल्लाहकार रमेश बडालले पदबाट राजीनामा दिएका छन्।सर्वोच्च अदालतको फैसलासँगै नयाँ सरकार गठन हुने भएपछि महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष आज...
महान्यायधिवक्ता बडालले दिए राजीनामा

काठमाडौं, असार २९ : सरकारका कानूनी सल्लाहकार रमेश बडालले पदबाट राजीनामा दिएका छन्।

सर्वोच्च अदालतको फैसलासँगै नयाँ सरकार गठन हुने भएपछि महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष आज पदबाट राजीनामा बुझाएका हुन् । बडालले भन्नुभयो, ‘मैले पदबाट राजीनामा दिएँ, प्रधानमन्त्रीलाई मैले राजीनामा बुझाएँ ।’

सरकारको कानूनी सल्लाहकारका रुपमा गत चैत ८ गते नियुक्त भई उनले तीन महिना २१ दिन काम गरे। सर्वोच्च अदालतले विपक्षी गठबन्धनका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो। 
 

प्रकाशित मिति: १३:२३ बजे, मंगलबार, असार २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्