Kathmandu Press

जोन्सन एन्ड जोन्सनको खोप साउन ४ देखि लगाइने

काठमाडौं, असार २९ : अमेरिकाबाट कोभ्याक्स कार्यक्रम अन्तर्गत आएको जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोप काठमाडौं जिल्लामा साउन ४ गतेदेखि लगाइने भएको छ। काठमाडौंका प्रमुख जिल्ला...
जोन्सन एन्ड जोन्सनको खोप साउन ४ देखि लगाइने

काठमाडौं, असार २९ : अमेरिकाबाट कोभ्याक्स कार्यक्रम अन्तर्गत आएको जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोप काठमाडौं जिल्लामा साउन ४ गतेदेखि लगाइने भएको छ। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको संयोजकत्वमा मंगलबार बसेको कोभिड–१९ खोप कार्यक्रमलाई थप प्रभावकारी गर्न गठित समन्वय तथा अनुगमन समितिको बैठकले काठमाडौंका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको हो। 

साथै काठमाडौं उपत्यका बाहिर पनि चाँडै नै खोप केन्द्र सार्वजनिक गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

अमेरिकाबाट सोमबार जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो। एक डोज मात्र लगाए पुग्ने उक्त खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइने मन्त्रालयले जनाएको छ। 

यस्तै पूर्ण र अति अशक्त अपाङ्ग‍ता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत उक्त खोप दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १२:५२ बजे, मंगलबार, असार २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्