सरकारमा पठाउने मन्त्रीबारे छलफल गर्दै माओवादी केन्द्र

काठमाडौं, असार २९ : माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडारमा सुरु भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन हुने सरकारमा सहभागी हुने औपचारिक निर्णय गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका हुन् ।
बैठकमा नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, वर्षमान पुनलगायतका शीर्ष नेताहरू सहभागी भएका छन् । बैठकले सरकारमा पठाउने मन्त्रीको नाम पनि अन्तिम टुंगो लगाउने भएको छ।
देउवाको शपथलगत्तै सानो आकारको मन्त्रिपरिषद् बनाएर अघि बढ्ने गठबन्धनको निर्णय छ । सकेसम्म सर्वदलीय सरकारको कोसिस हुनेछ । सुरुमा कांग्रेस र माओवादी केन्द्रबाट मन्त्री बन्ने भएका छन्।
प्रकाशित मिति: ११:५२ बजे, मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








