सुरु भयो कमलपोखरी पुनर्निर्माणको काम
काठमाडौं, असार १९ : काठमाडौंस्थित कमलपोखरीको पुनर्निर्माणको काम पनि सुरु भएको छ।
बिहीबार कमलपोखरीमा एक कार्यक्रमकाबीच काठमाडौं महानगरपा....

काठमाडौं, असार १९ : काठमाडौंस्थित कमलपोखरीको पुनर्निर्माणको काम पनि सुरु भएको छ।
बिहीबार कमलपोखरीमा एक कार्यक्रमकाबीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो पोखरीको पुनर्निर्माणको कामको शिलान्याश गरेका हुन्। पुनर्निर्माणको कामको शिलान्याश गर्दै मेयर शाक्यले पोखरीलाई ऐतिहासिक रुपमा पुनर्निर्माण गरेर पर्यटनसँग जोड्ने घोषणा पनि गरे।
उनले पोखरी पुनर्निर्माणको काम एक वर्षभित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई पनि सचेत गराए। त्यसका लागि काठमाडौं महानगरपालिकाले आवश्यक सबै खालको सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि मेयर शाक्यले जनाए।
कार्यक्रममा कांग्रेसका सांसद गगनकुमार थापाले पोखरीको पुनर्निर्माणको कामलाई समयमै सम्पन्न गर्नका लागि आवश्यक सक्रियता बढाउन स्थानीयलाई आग्रह गरे। उनले निर्माण कम्पनीलाई पनि समयमै पोखरीको पुनर्निर्माण नगरे कारबाही गर्ने चेतावनी पनि दिए। पोखरी निर्माणका लागि निर्माण कम्पनीलाई सबैले सहयोग गर्ने पनि नेता थापाले बताए।
काठमाडौं महानगरपालिका र स्थानीयको सहकार्यमा निर्माण गर्न लागिएको पोखरी एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।











