Kathmandu Press

आज देशका केही स्थानमा भीषण वर्षाको सम्भावना

काठमाडौं, असार २९ : आज देशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।मंगलबार विभागको मौसम पूर्वानुमान महाशाखाले...
आज देशका केही स्थानमा भीषण वर्षाको सम्भावना

काठमाडौं, असार २९ : आज देशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मंगलबार विभागको मौसम पूर्वानुमान महाशाखाले मौसमसम्बन्धी बुलेटिन जारी गर्दै प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ।

मनसुनी वायुको प्रभावका कारण आज देशभर सामान्य बदली रही बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज दिउसो प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको रहेको छ।

त्यस्तै, आज राति पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

केही स्थानमा भीषण वर्षाको हुने भएकाले पहिरो र नदी तथा खोलामा पानीको बहाव बढ्ने भएकाले सतर्कता अनपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: ०७:०९ बजे, मंगलबार, असार २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्