Kathmandu Press

सर्वोच्चको फैसलाबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, असार २९ : सर्वोच्च अदालतको फैसलाबारे औपचारिक निर्णय गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक बस्न लागेको छ।एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी...
सर्वोच्चको फैसलाबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, असार २९ : सर्वोच्च अदालतको फैसलाबारे औपचारिक निर्णय गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक बस्न लागेको छ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन्। सोमबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल उपस्थित नभएपछि आजलाई सारिएको हो।

सोमबार बसेको उपलब्ध सदस्यको बैठकले प्रतिनिधिसभा पुनःस्थापना गराउने सर्वोच्च अदालतको फैसलाले लोकतान्त्रिक प्रणालीका आधारभूत संरचनालाई खल्बल्याउने काम गरेको ठहर गरेको छ। एमालेले निर्दलीय व्यवस्थालाई जस्केलाबाट छिराउने कोशिश भएको पनि विश्लेषण गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा अदालतको आदेशले सरकार बनाउने ठाउँ खोज्न अन्तै जानुपर्ने कल्पना बाहिरको अवस्था सिर्जना भएको ठहर गरिएको एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। उनले एमालेले विधिको शासन मान्ने भएकाले फैसलालाई कार्यान्वयन गरिने बताए।

स्थायी कमिटीको अनौपचारिक बैठकमा एमालेको आन्तरिक विवाद समाधान कार्यदलका नेता डा भीमबहादुर रावलले कार्यदलको प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका थिए। दोस्रो तहका १० नेता सम्मिलित कार्यदलले विवाद समाधानका लागि आइतबार १० बुँदे सहमति सार्वजनिक गरेको थियो।

प्रकाशित मिति: ०६:३२ बजे, मंगलबार, असार २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्