Kathmandu Press

बाढीपहिरो र डुबानमा परी हालसम्म ५९ जनाको मृत्यु

काठमाडौं, असार २८ : अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म ५९ जनाको मृत्यु...
बाढीपहिरो र डुबानमा परी हालसम्म ५९ जनाको मृत्यु

काठमाडौं, असार २८ : अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म ५९ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा ३१ जना पुरुष, १७ जना महिला, ५ जना बालक र ६ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोक र तनहुँमा ५/५ जना, डोटी, पाल्पा र गोरखामा ४/४ जना, रोल्पा, दाङ, दार्चुलामा ३/३ जना, खोटाङ, पाँचथर, रौतहट, सप्तरी, चितवन, धादिङ, सिन्धुली, म्याग्दी र प्यूठानमा २/२ जना, ललितपुर, सर्लाही, काभ्रे, मकवानपुर, कास्की, अर्घाखाँची, जुम्ला, कालिकोट, बझाङ र बाजुरामा १/१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टाभित्र मृत्यु भएकामध्ये खोटाङमा १ जना र सिन्धुलीमा १ जना रहेका छन् । बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा ७३ जना घाइते भएका छन् । तीमध्ये ३७ जना पुरुष, १९ जना महिला, १२ जना बालक र ५ जना बालिका रहेका छन् ।

बाढीपहिरोमा परी २७ जना बेपत्ता भएका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना, पर्वतमा २ जना तथा बाजुरा र बाग्लुङमा १ जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

प्रकाशित मिति: १९:५४ बजे, सोमबार, असार २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्