Kathmandu Press

देउवाको नेतृत्वमा सरकार गठन गर्ने गठबन्धनको निर्णय 

कोटेश्वरस्थित नेपाल वन पैदावारको कार्यालयमा बसेको विपक्षी गठबन्धनको बैठकले सर्वोच्च अदालतको आदेशअनुसार भोलि नै गठबन्धन सरकार बनाउने निर्णय गरेको हो ।
देउवाको नेतृत्वमा सरकार गठन गर्ने गठबन्धनको निर्णय 

काठमाडौं, असार २८ : विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ ।

कोटेश्वरस्थित नेपाल वन पैदावारको कार्यालयमा बसेको विपक्षी गठबन्धनको बैठकले सर्वोच्च अदालतको आदेशअनुसार भोलि नै गठबन्धन सरकार बनाउने निर्णय गरेको हो ।

संसद पुनस्र्थापना गरेको सर्वोच्च अदालतले मगंलबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको थियो । बैठकले गठबन्धन सरकारलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको समेत बुझिएको छ ।

बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले नेपाल समूह, जसपा (उपेन्द्र बाबुराम पक्ष) र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी रहेका थिए । 

प्रकाशित मिति: १९:१४ बजे, सोमबार, असार २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्