Kathmandu Press

कांग्रेसले दियो ‘बाढीपहिरो विपद् व्यवस्थापन समन्वय समिति’ लाई पुर्णता 

काठमाडौं, असार २८ : नेपाली कांग्रेसले बाढी पहिरोका कारण पुर्‍याएको जनधनको क्षतिको तथ्याङ्क सङ्कलन तथा बाढी पहिरो पीडितलाई राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले...
कांग्रेसले दियो ‘बाढीपहिरो विपद् व्यवस्थापन समन्वय समिति’ लाई पुर्णता 

काठमाडौं, असार २८ : नेपाली कांग्रेसले बाढी पहिरोका कारण पुर्‍याएको जनधनको क्षतिको तथ्याङ्क सङ्कलन तथा बाढी पहिरो पीडितलाई राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले गठन गरेको ‘बाढी पहिरो विपद् व्यवस्थापन समन्वय समिति’लाई आज पूर्णता दिएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिको यही असार ४ गतेको बैठकको निर्णयानुसार पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतको संयोजकत्वमा गठित सो समितिमा पदाधिकारी र सदस्य मनोनयन गरेका हुन् ।

समितिको सह—संयोजकमा दिव्यमणि राजभण्डारी, सचिवमा किरण गिरी, कोषाध्यक्षमा  कल्पना चौधरी तथा  सदस्यमा भूमिबहादुर (विश्व) गुरुङ, रामबहादुर विष्ट, बहादुरसिंह थापा, राजीवबिक्रम शाह, तीर्थबहादुर लामा, ललितजंग शाही, देवराज चालिसे र नगिना यादव मनोनित भएका हुन् । 

त्यसैगरी समितिका संयोजक बस्नेतले आजै पार्टीका जनार्दन नेपाल, दीर्घबहादुर केसी (कुमार) र चेतनाथ खनाललाई आमन्त्रित सदस्यमा मनोनयन गर्नु भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

प्रकाशित मिति: १८:५७ बजे, सोमबार, असार २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्