Kathmandu Press

सरकारद्वारा राष्ट्रियसभाको आठौं अधिवेशन अन्त्य

काठमाडौं, असार २८ : सरकारले राष्ट्रियसभा अधिवेशन अन्त्य गरेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासबाट प्रतिनिधिसभा पुनःस्थापनाको फैसला भएलगत्तै सरकारले राष्ट्रियसभाको आठौँ अधिवेशन अन्त्य...
सरकारद्वारा राष्ट्रियसभाको आठौं अधिवेशन अन्त्य

काठमाडौं, असार २८ : सरकारले राष्ट्रियसभा अधिवेशन अन्त्य गरेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासबाट प्रतिनिधिसभा पुनःस्थापनाको फैसला भएलगत्तै सरकारले राष्ट्रियसभाको आठौँ अधिवेशन अन्त्य गरेको हो।

संघीय संसद्का महासचिव भरतराज गौतमद्वारा प्रकाशित सूचनामा राष्ट्रियसभाको अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गरिएको जनाइएको छ।

‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८-०३-२८ को सिफारिसमा राष्ट्रियसभाको चालु अधिवेशन संवत् २०७८ साल असार २८ गते सोमबारका दिन राति १२ बजेदेखि अन्त्य गर्नुभएकाले मिति २०७८ असार २८ गते सोमबार बसेको राष्ट्रियसभाको बैठकबाट मिति २०७८ असार २९ गते मंगलबार दिनको ३ बजे बस्ने गरी निर्धारण भएको राष्ट्रियसभाको बैठकसमेत स्वतः अन्त्य हुने भएकाले माननीय सदस्यहरूको जानकारीका लागि राष्ट्रियसभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा उल्लेख छ।

प्रकाशित मिति: १७:३८ बजे, सोमबार, असार २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्