विपक्षी गठबन्धनको बैठक कोटेश्वरस्थित नेपाल निवासमा बस्ने
काठमाडौं, असार २८ : विपक्षी गठबन्धनको बैठक एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा बस्ने भएको छ।यसअघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने...
काठमाडौं, असार २८ : विपक्षी गठबन्धनको बैठक एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा बस्ने भएको छ।
यसअघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने तय गसरिएको बैठक नेपाल निवासमा बस्ने भएको हो। बैठक साँझ ५ बजे बस्ने भने पनि अब केहीबेरमै सुरु हुने एक नेताले बताए।
अस्वस्थताका कारण नेता नेपाल सिंहदरबार उपस्थित हुन नसक्ने भएपछि उनकै निवासमा बैठक बस्न लागेको ती नेताको भनाइ छ।
सर्वोच्च अदालतले आज (सोमबार) संविधान विघटनसम्बन्धी मुद्दाको फैसला गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ।
प्रतिनिधिसभा पुनःस्थापनाको गर्ने सर्वोच्चको फैसलापछि निर्माण भएको परिस्थितिमा सरकार गठनलगायत विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीति तय गर्न बैठक बस्न लागेको जनाइएको छ।
पाँच दलीय गबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा उपेन्द्र–बाबुराम पक्ष, एमाले माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा सम्मिलित छन्।


-1789640101-1789640288.jpg)








