Kathmandu Press

सर्वोच्चको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना : प्रचण्ड

काठमाडौंल असार २८ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको छ। उक्त फैसलासँगै प्रतिनिधिसभा पुनस्थापना भएको छ। सर्वोच्चको यो फैसलासँगै विभिन्न प्रतिक्रियाहरू आइरहेका...
सर्वोच्चको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना : प्रचण्ड

काठमाडौंल असार २८ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको छ। उक्त फैसलासँगै प्रतिनिधिसभा पुनस्थापना भएको छ। सर्वोच्चको यो फैसलासँगै विभिन्न प्रतिक्रियाहरू आइरहेका छन्।

यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको प्रतिक्रिया दिएका छन्।

सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै उनले आफू आफ्नो पार्टी र विपक्षी गठबन्धनका तर्फबाट प्रधानन्यायाधीशसहित संवैधानिक इजलासका सबै न्यायाधीशहरूलाई धन्यवाद दिए।

अदालतको आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको उनले बताए। यो फैसलासँगै नेपाल र नेपाली जनताको जित भएको उनको भनाइ थियो।

संविधान र लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय हितको रक्षा आजको ज्वलन्त आवश्यकता बनेको उल्लेख गर्दै उनले पटकपटकको संसद विघटन र पटकपटक संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता पनि आजित भएको स्थितिमा अदालतको यो फैसलालाई इतिहासले सम्मान गरिराख्ने बताए।

प्रकाशित मिति: १५:५९ बजे, सोमबार, असार २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्