कांग्रेस नेता पौडेलले दिए सभापति देउवालाई बधाई
काठमाडौं, असार २८ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबादुर देउवालाई बधाई दिएका छन्।सर्वोच्च अदालतले आज (सोमबार) संविधान विघटनसम्बन्धी मुद्दाको फैसला...
काठमाडौं, असार २८ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबादुर देउवालाई बधाई दिएका छन्।
सर्वोच्च अदालतले आज (सोमबार) संविधान विघटनसम्बन्धी मुद्दाको फैसला गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेलगत्तै एक ट्विट गर्दै उनले देउवालाई बधाई दिएका हुन्।
संविधान रक्षा गर्ने आफूहरूको अभियान सफल भएको पनि उनले बताएका छन्। संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको पनि उनको भनाइ छ।
उनले सर्वोच्चका ‘न्यायमूर्ति’हरूलाई धन्यवाद पनि दिएका छन्।
उनले ट्विटरमा लेखेका छन्, ‘संविधान रक्षा गर्ने हाम्रो अभियान सफल भयो। संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको छ।
प्रकाशित मिति: १५:३५ बजे, सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








