अदालतले लोकतन्त्र र विधिको शासनको रक्षा गरेको छः देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबारको फैसलाबाट अदालतको निष्पक्षता फेरि एकपटक प्रमाणित भएको बताएका छन् ।
काठमाडौं, असार २८ : कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबारको फैसलाबाट अदालतको निष्पक्षता फेरि एकपटक प्रमाणित भएको बताएका छन् ।
बूढानीलकण्ठस्थित निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले भने, ‘हाम्रो अदालत निष्पक्ष छ र धम्कीसँग डराउँदैन । अदालतले नेपालमा लोकतन्त्र र विधिको शासनलाई बचाएको छ ।’
सरकार गठनको प्रक्रिया अगाडि बढाउन परामर्श सुरु गरिएको देउवाले बताए । कांग्रेस सभापति देउवालाई बधाइ दिन अहिले उनको निवासमा नेता–कार्यकर्ताको जमघट सुरु भएको छ ।
प्रकाशित मिति: १५:२७ बजे, सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








