Kathmandu Press

अब देशले फेरि ओलीतन्त्र बेहोर्नुपर्दैन : वर्षमान पुन

काठमाडौं, असार २८ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको छ । सर्वोच्चको यो फैसलासँगै विभिन्न प्रतिक्रियाहरू आआइरहेका छन्।यसैबीच माओवादी केन्द्रका नेता वर्षमान...
अब देशले फेरि ओलीतन्त्र बेहोर्नुपर्दैन : वर्षमान पुन

काठमाडौं, असार २८ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको छ । सर्वोच्चको यो फैसलासँगै विभिन्न प्रतिक्रियाहरू आआइरहेका छन्।

यसैबीच माओवादी केन्द्रका नेता वर्षमान पुनले सर्वोच्च प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक भएको बताउँदै अब देशले ओलीतन्त्र फेरि बेहोर्नुनपर्ने बताएका छन्।

ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरूलाई उनले धन्यवाद ज्ञापन पनि गरेका छन्। ‘संविधान, लोकतन्त्र र शान्तिका लागि न्यायालयको ऐतिहासिक फैसला। अब देशले ओलीतन्त्र फेरिफेरि बेहोर्नु पर्नेछैन,’ उनले फेसबुकमा लेखेका छन्, ‘प्रधानन्यायाधीश र संवैधानिक बेन्चका न्यायमूर्तिहरूलाई धन्यवाद।’

सर्वोच्च अदालतले आज (सोमबार) संविधान विघटनसम्बन्धी मुद्दाको फैसला गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो। 

प्रकाशित मिति: १५:२० बजे, सोमबार, असार २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्