कांग्रेस सभापति देउवाले बोलाए विपक्षी गठबन्धनको बैठक
काठमाडौं, असार २८ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनको बैठक बोलाएका छन्।सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि निर्माण भएको परिस्थितिमा कसरी...
काठमाडौं, असार २८ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनको बैठक बोलाएका छन्।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि निर्माण भएको परिस्थितिमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको एक नेताले बताए।
सर्वोच्च अदालतले आज (सोमबार) संविधान विघटनसम्बन्धी मुद्दाको फैसला गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो।
बैठक अपराह्न ५ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने कांग्रेस स्रोतको भनाइ छ।
गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, एमाले माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा छन्।
प्रकाशित मिति: १५:०७ बजे, सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








