सर्वोच्च्को फैसलाप्रति कमल थापाको टिप्पणी : आज गोरु ब्यायो
काठमाडौं, असार २८ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको छ । सर्वोच्चको यो फैसलासँगै विभिन्न प्रतिक्रियाहरू आउन थालेका छन्।यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका...
काठमाडौं, असार २८ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको छ । सर्वोच्चको यो फैसलासँगै विभिन्न प्रतिक्रियाहरू आउन थालेका छन्।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाएका छन्। सो फैसलालाई उनले गोरु ब्याएको संज्ञा दिएका छन्।
अदालतको फैसलापछि सामाजिक सञ्जाल ट्विटरमा आफनो भनाइ राख्दै अध्यक्ष थापाले लेखेका छन्, ‘वरिष्ठ राजनीतिज्ञ स्व। राजेश्वर देवकोटाको शब्द सापटी लिएँ, ‘सर्वोच्च अदालतमा आज गोरू ब्यायो’ राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा।’
प्रकाशित मिति: १४:४४ बजे, सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











